नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य ४९ वर्षीय रोहित पन्तलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
शहिद लखन गाउँपालिका–४ ताक्लुङ स्थायी घर भएका पन्तलाई गोरखा नपा–६ हरमटारीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी मित्रबन्धु शर्माले बताए ।
पन्तका विरूद्ध कात्तिक २७ गते सार्वजनिक अपराध विरूद्धको मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी शर्माले जानकारी दिए ।
पन्तलाई प्रहरीले यस अघि पनि शहिद लखन गाउँपालिका–४ ताक्लुङबाट ०७६ असार ११ गते गिरफ्तार गरेको थियो । जिल्ला प्रशासन कार्यालय, गोरखाको आदेशमा पन्त साउन २ गते रिहा भएका थिए ।