INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका शिक्षाले मुलुकलाई समृद्ध बनाउँछः सरोकारवाला

बालिकाहरूको शिक्षाका लागि सुरक्षा र संरक्षण नभएसम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक नहुने एक कार्यक्रमका सहभागिहरूले बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले मङ्सिर १ गते बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय बालिका शिक्षामा सुरक्षा र संरक्षणको सवाल विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्क्ताहरूले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बालिका शिक्षामा सुरक्षा र संरक्षणका लागि सबैले आआफ्नो क्षेत्रबाट बुझेर लाग्नुपर्ने भन्दै सामाजिक चेतनालाई लेवलमा पुर्‍याउनका लागि एकीकृत सहयोग चाहिने बताए ।

मन्त्री बरालले समाज आफैँ विस्तारै परिवर्तन हुन्छ भनेर चुप लागेर बस्नुभन्दा पनि हस्तक्षेप गरेर अगाडि बढ्न सबैलाई आग्रह गरे ।

उनले प्रदेश सरकारलाई छोरीलाई उच्च शिक्षामा पहुँच पुगोस भन्ने हिसावले विज्ञान संकाय अध्ययन गर्ने छात्राको लागि मासिक १ हजार रुपियाँका दरले छात्रावृत्ति उपलब्ध गराउने व्यवस्था गरेको बताए ।

उनले बालबालिकाहरूको समग्र विकासका लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेदकुद र मनोरञ्जन जस्ता कुरामा जोड दिएको बताए । बालिकाको शिक्षामा पहुँच पुर्‍याउनका लागि सुविधा सम्पन्न छात्राबासको आवश्यकता रहेको उनको भनाइ छ ।

स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएकाले बालिका शिक्षाका लागि स्थानीय सरकार सक्रिय भएर लाग्नुपर्ने बताउँदै मदरसाहरूलाई पनि अपडेट गरेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

उनले स्थानीय सरकारले पनि धेरै राम्रा कामहरु गरेको प्रसंशा गर्दे राम्रा कामलाई प्रोत्साहित तथा प्रवर्धन गरी बताए ।

मन्त्री बरालले राज्यका नीति निर्माण तथा योजना निर्माणमा किशोर किशोरीहरूको अर्थपूर्ण सहभागिता गराउन सके परिवर्तन सम्भव रहेको बताए ।

यी सबै कुरा सङ्घीयताका कारण सामाजिक विकास महाशाखाको बजेट १ अरव १६ करोड र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट ७३ करोड भएको जानकारी दिए ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका निवर्तमान अध्यक्ष कुमार भट्टराईले नीतिगत रूपमा बालिका संरक्षणमा जोड दिँदै बालबालिका संरक्षण २०७५ सम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले बालबालिका संरक्षणका लागि प्रदेश ५ मा पनि १०९८ हेल्पलाइन प्रदेश सरकारको समन्वयमा सुरूआत गर्ने पहल भइरहेको जानकारी दिए ।

भट्टराईले भने–‘सङ्घीयतालाई टिकाउनका लागि तीनै तहका सरकारसँग समन्वय र सहकार्य गरेर हामी अगाडी बढन चाहान्छौँ ।’

सामाजिक विकास मन्त्रालयक, महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख शारदा बस्यालले समाजमा किशोरीहरूले भोगेका समस्याहरूको विषयमा सुरक्षित कसरी बनाउन सकिन्छ ? भन्ने विषयमा किशोरीहरूलाई आत्म सुरक्षाका तालिमहरू गर्ने योजना रहेको बताइन् ।

उनले प्रदेशका १ सय ९ ओटै स्थानीय सरकारका प्रमुख र उपप्रमुखलाई राखेर बालविवाह मुक्तका लागि सम्मेलन गर्ने बताइन् ।

बुटवल उपमहानगरपालिकाका सामाजिक विकास संयोजक सीता थापाले बुटवल उपमहानगरपालिकाले शिक्षामा हरेक बालबालिकाको पहँच पुर्‍याउनका लागि विज्ञ समूह बनाएर रणनीतिक योजना समेत बनाएको बताउँदै बालिका शिक्षाका निम्ति प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताइन् ।

photo20191117rupandehi (1)

photo20191117rupandehi (2)

photo20191117rupandehi (3)

photo20191117rupandehi (4)

अन्य

भिडियो