१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–४ का २५ वर्षीय राममिलन कहारलाई कात्तिक २८ गते भैरहवाबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभन देखाइ सिद्धार्थनगर नपा–६ मा रहेको आफ्नो डेरामा लगी कात्तिक २५ गते बलात्कार गरेको भनी पीडित बालिकाले कात्तिक २८ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,