INSEC Online

📅 २०८३ जेष्ठ २१

बलाकार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलाकार प्रयास गरेको आरोपमा प्रहरीले भारतीय नागरिक २५ वर्षीय कोमल शर्मालाई कात्तिक २८ गते गजुरी गाउँपालिका–६ बन्छेटारबाट गिरफ्तार गरेको छ ।

घरमा टिभी हेरेर बसिरहेकी युवतीलाई कपडा विक्री गर्न आएका उनी पीडित युवतीकै घरभित्र पसेर बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

घटनापछि कपडा फलेर जङ्गलतिर भागेका आरोपितलाई प्रहरीले गाउँबासीको सहयोगमा गिरफ्तार गरेको जनाएको छ ।

आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय गजुरीमा पीडितले कात्तिक २८ गते उजुरी दर्ता गराएकी छिन् । पीडित युवतीको स्वास्थ्य परीक्षण गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा सोही दिन भयो ।

अन्य

भिडियो