१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट–१ का सन्तोष भट्टलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बलत्कार गरेको भन्दै पीडितका अभिवावकले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएका थिए ।
उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, झलारीका इन्स्पेक्टर नैनसिंह साउदले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते महाकाली अस्पताल महेन्द्रनगरमा गरिएको प्रहरीले जनायो ।