INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई जना बाल श्रमिकको उद्धार

लखन गाउँपालिका–२ मनकामनाको वैष्णुदेवी मारवडी होटलमा काम गर्ने दुई जना बालकलाई प्रहरीले उद्धार गरेको छ ।

भारत मोतिहारी ठाना पहारपुर गाउँ लौन्डरीया स्थायी घर भएका सुरज माझीका १४ वर्षीय छोरा धर्मेन्द्र माझी र सोही ठाउँ अन्तर्गत सङ्ग्रहामपुर बस्ने चुणामणी मुसहरका १४ वर्षीय छोरा राहुल मुसहरलाई कात्तिक २२ गते उद्धार गरिएको डिएसपी मित्रबन्धु शर्माले बताए ।

कात्तिक २२ गते नै बालकहरूका आफन्त अशोककुमार गुप्तालाई बालकको जिम्मा लगाइएको उनले बताए । होटलमा बाल मजदुर प्रयोग गरेको विषयमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

अन्य

भिडियो