INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मन्थली नगरपालिका–७ ओढारेका २८ वर्षीय पदमबहादुर माझीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मन्थली नगरपालिका–१ रणजोर खोलाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टिकेन्द्र पौडेलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते नै प्राथिमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो