११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे जिल्लाको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने ३२ वर्षीय बुद्ध लामालाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते चकलेट दिन्छु भनेर फकाएर बलात्कार गरेको आरोपमा प्रहरीमा सोही रात मौखिक उजुरी परेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिए ।
पीडित पक्षले कात्तिक १७ गते लिखित उजुरी दिएकोछ । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते पाटन अस्पतालमा गरिएको छ ।