INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चितवन माडी स्थायी घरभई तिलोत्तमा नपा–२ शङ्करनगर बस्ने ४६ वर्षीय शोभाखर भट्टराईलाई कात्तिक १२ गते शङ्करनगरबाट गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक १२ गते बलात्कार प्रयास गरेको भनी पीडितले सोही दिन नै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक १२ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो