INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत पुर्‍याएको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१० का ३५ वर्षीय ध्रुव परियारलाई कात्तिक ११ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ ।

अर्का आरोपित तिलोत्तमा नपा–१० माइती घरभई बुटवल उमनपा–११ बुद्धनगर बस्ने ४० वर्षीया उषा परियार फरार रहेको प्रहरीले जनाएको छ ।

आरोपितद्वयले पीडित युवतीलाई ०७३ फागुनमा भारतको बाटो हुँदै कुवेत पु¥याएर बेचेको र कुवेतमा आफूमाथि विभिन्न किसिमका यातना दिने गरेको र भागेर दुतावासको सहयोगमा नेपाल फर्केको भनी पीडित युवतीले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक ११ गते नै भिम अस्पताल भैरहवामा गरिएको र फरार आरोपितको खोजी कार्य भइरहेको प्रहरीले जनायो ।

अन्य

भिडियो