नेत्रविक्रम चन्द (विप्लव) नेततृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता गुणराज लोहनीलाई प्रहरीले कात्तिक ५ गते गिरफ्तार गरेको छ ।
भरतपुर मनपा–११ स्थित बसेनी क्षेत्रबाट गिरफ्तारीमा परेका लोहनीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भइरहेको उक्त कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।
नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लोहनी दुई वर्ष अघि चितवन जिल्लाकै इञ्चार्जको रूपमा क्रियाशील थिए ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूको संयुक्त आग्रह
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मानव अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक