INSEC Online

📅 २०८३ जेष्ठ २२

बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा राजपाका सांसद साह गिरफ्तार

बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा प्रहरीले राष्ट्रिय जनता पार्टी(राजपा) का सांसद प्रमोद साहलाई त्रिभुवन विमानस्थलबाट असोज २८ गते गिरफ्तार गरेको छ ।

जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा साहले असोज २७ गते तोडफोड तथा अभद्र व्यवहार गरेको आरोप छ ।

असोज २७ गते जनकपुरबाट काठमाडौँका लागि छुट्ने भनिएको बुद्ध एयरमा ढिलासुस्ती भएको भन्दै साहले तोडफोड गरेकाले गैर हवाई कार्य अन्तर्गत मुद्दा दायर भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध असोज २८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पुर्जी जारी भए लगतै साहलाई असोज २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गिरफ्तार गरिएको हो ।

उनलाई असोज २८ गते नै हवाई यात्राबाट जनकपुर पठाइने डिआईजी क्षेत्रीले बताए । उनलाई काठमाडौँबाट ओखलढुङ्गा जाँदै गर्दा गिरफ्तार गरिएको हो ।

अन्य

भिडियो