१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाटन नगरपालिका–४ चिल्लेपानीका २८ वर्षीय लोकेन्द्रबहादुर ऐरलाई असोज २५ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले गत जेठ १६ गते घरमै बोलाएर बलात्कार गरेको भन्दै पीडत युवतीले असोज २४ गते जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी दिएकी थिइन् ।
पीडितको उजुरीपछि असोज २५ गते आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण ०७६ असोज २४ गते जिल्ला अस्पताल बैतडीमा गरिएको छ ।