नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज हरिहरपुरगढी गाउँपालिका–२ बफरका बर्तबहादुर राई (शशी) लाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ ।
राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटको टोलीले उनको घरैबाट गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त कार्यालयका एसपी चक्रबहादुर सिंहले बताए ।