नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कुपिण्डे नगरपालिकाका नगर इन्चार्ज ५५ वर्षीय कालुराम वादीलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ ।
घरमै निर्माण गरेको कटुवा पेस्तोल सहित उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाकान्त जोशीले बताए ।
बनगाड कुपिण्डे नगरपालिका–४ च्युरा शितलनेटाबाट वादीलाई गिरफ्तार गरी २२ गते नै इलाका प्रहरी कार्यलय सल्लिवजार ल्याइएको थियो । उनलाई असोज २३ गते जिल्ला प्रहरी कार्यलय सल्यान ल्याइएको छ ।