१७ वर्षीय बालिकालाई बलात्कार गरको आरोपमा प्रहरीले हुप्सेकोट गाउँपालिका-२ का १८ वर्षीय सुनिल ढेगा मगरलाई असोज २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २० गते नै प्रहरीमा मौखिक उजुरी गरेको थियो ।
सोही उजुरीका आधारमा प्रहरीले ढेगालाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले बताए ।
पीडित पक्षले असोज २१ गते प्रहरीमा लिखित उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २१ गते चितवनको जिल्ला अस्पताल भरतपुरमा गरिएको डिएसपी रानाभाटले बताए ।