नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई प्रहरीले असोज ७ गते गिरफ्तार गरेको छ ।
खर्वाङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कुँवरलाई बेलुकी ५ बजे बडिगाड गाउँपालिका–५ मा रहेको उनकै गाउँबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।
प्रतिबन्धित नेकपाको जिल्ला सचिव समेत रहेका कुँवरले व्यवसायीहरूलाई डर धम्की देखाएर चन्दा असुली गर्ने, जिल्लाका विभिन्न स्थानमा एनसेल टावरमा भएको आगलागीमा संलग्नता रहेको आरोपमा गिरफ्तार गरिएको एसपी भट्टले बताए ।