INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा १६ वर्षकैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका भारत पूर्वी चम्पारहण घर भइ भारतीय ट्रकमा काम गर्ने १९ वर्षीय जाहिर आलमलाई जिल्ला अदालतले १६ वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले असोज ६ गते उक्त फैसला सुनाएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताए ।

भरतपुर महानगरपालिका-२९ जुगेडीमा ०७५ असोज १४ गते राति खाना खाने क्रममा एक होटल सञ्चालककी छोरीलाई बलात्कार गरेको भन्दै असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा पीडितका बाबुले उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो