INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका भोजपुर सेक्रेटरी ४२ वर्षीय बमबहादुर विष्टलाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ ।

विष्टलाई भोजपुर नगरपालिका–१० भैँसीपङ्खास्थित गजुरमूखी भीर नजिकको जङ्गलबाट हतियारसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डपकुमार राजवंशीले बताए ।

विष्टको साथबाट ६ राउण्ड र ४ राउण्ड गोली भरिएको इटालियन अटोमेटिक पेस्तोल दुई थान, ह्याण्ड ग्रिनेट एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै विष्टको साथबाट १२ ओटा सिमकार्ड सहित दुई ओटा मोवाईल, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरू बरामद गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

अन्य

भिडियो