INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–२ का २२ वर्षीय अबताव फकिरविरूद्ध असोज २ गते उजुरी दर्ता गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन १४ गते भैरहवा देवकोटा चोकस्थित होटल न्यू प्वाइन्टमा लगेर विभिन्न प्रलोभन तथा धम्की देखाएर बलात्कार भनी पीडित युवतीले असोज २ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दर्ता गरेकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो