INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका–३ मलेकपुरका ३५ वर्षीय दिपो भनिने दिपनारायण साफीलाई सप्तरी प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ ।

घरमा कोही नभएका बेला जेठ २७ गते पीडित महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडितका ससुराले जिल्ला प्रहरी कार्यालयमा जेठ ३० गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले सोही दिन दर्ता गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ ३० गते भएको छ ।

अन्य

भिडियो