नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सदस्य तुलसीपुर उमनपा-५ का ३२ वर्षीय अतुल कुँवर र कार्यकर्ता शान्तिनगर गाउँपालिका-५ का २५ वर्षीय उद्धव शाहलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
आरोपितद्वयलाई तुलसीपुरमा औषधि खरिद गर्न गएको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले बताए ।
कुँवर रक्तचापका बिरामी भएकाले आफैँलाई औषधि लिन गएका थिए । कुँवर र शाहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । कुँवर सहारा यातायात प्रालिका सञ्चालक समिति सदस्य हुन् भने शाह राप्ती सेवा प्रालिका कर्मचारी हुन् ।