जिल्ला प्रहरी कार्यलय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका बाजुराका सहसेक्रेटरी ५० वर्षीय दानबहादुर खड्का (किशोर)लाई गिरफ्तार गरेको छ ।
खड्कालाई भदौ २७ गते दिउँसो बुढीगङ्गा नगरपालिका–७ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख इन्स्पेक्टर जनकराज ढुङ्गानाले जानकारी दिएका छन् ।