INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सेक्रेटरी फाल्गुनन्द गाँउपालिका-४ का ४२ वर्षीय विजय नेम्वाङ्गलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको छ ।

आरोपितलाई सार्वजनिक सम्पत्तिको आगजनीमा संलग्न भएको प्रहरी अभिलेखमा देखिएकाले फिदिम नपा-१४ लुङरूपाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।

स्थानीय प्रशासनले सो पार्टीका कार्यकर्ताहरूले स्थानीय तहहरूमा धम्क्याउँदै चन्दा असुली गर्ने गरेकाले गिरफ्तार गरेको जनाएको छ ।

अन्य

भिडियो