INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला सदस्य शुक्लागण्डकी नपा-४ बस्ने ३९ वर्षीय विलास परियारलाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ ।

भदौ २१ गते शुक्लागण्डकी नपा-३ अन्तर्गत् पृथ्वी राजमार्गमा स्कुटर दुर्घटनामा घाइते भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराएर भदौ २२ गते डिस्चार्ज हुनासाथ परियारलाई अस्पताल परिसरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

गिरफ्तार गरिएका परियारलाई राज्यद्रोहसम्बन्धी मुद्दा दर्ता गरी भदौ २३ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी लामिछानेले बताए ।

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज पुर्णजित पुनले भने दुर्घटनामा परी उपचाररत रहेकै अवस्थामा प्रहरीले परियारलाई गिरफ्तार गरेको आरोप लगाए ।

अन्य

भिडियो