१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ३० वर्षीय नातेदारलाई जिल्ला अदालत धादिङले कात्तिक २९ गते ८ वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको छ ।
पीडित बालिकालाई बलात्कार गरेको कसुरमा आठ वर्ष र हाडनाता करणीको आरोपमा तीन महिना थप गरी ८ वर्ष ३ महिना जेल सजायको आदेश गरिएको अदालतले जनाएको छ । अदालतले पीडित बालिकालाई १५ हजार रुपियाँ क्षतिपूर्ति दिन पनि फैसालामा भनेको छ ।
पीडित बालिकालाई आरोपितले ०७२ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा फागुन २९ गते उजुरी दिएकी थिइन् ।
प्रहरीले चैत ४ गते आरोपितलाई गिरफ्तार गरी अदालत पेश गरेकोमा अदालतको आदेशले आरोपित पूर्पक्षका लागि थुनामा रहेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल धादिङमा ०७२ फागुन २९ गते गरिएको प्रहरीले जनाएको छ ।