INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १८ गते मायादेवी गाउँपालिका–१ अमौलीका ३० वर्षीय राकेश यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।

आरोपितले असार १० गते युवती बलात्कार गरेको र घटनाबारे कसैलाई नभन्न धम्की दिएको कुरा उजुरीमा उल्लेख गरिएको आएको प्रहरीले जनाएको छ ।

आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बुटवलका डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ १८ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो