५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउ गाउँपालिका-३ दोभानका २८ वर्षीय सुरेश सारुलाई भदौ १७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलालाई आरोपितले भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।
अपाङ्गता भएकी महिलालाई आरोपितले बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई मोतीबहादुर खड्काले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनाएको छ ।