INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

इटहरी उपमहानगरपालिका–९ बाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता इटहरी उपमहानगरपालिका–११ का ४० वर्षीय मोहन कार्कीलाई प्रहरीले भदौ १५ गते गिरफ्तार गरेको छ ।

लामो समय अगाडिबाट इटहरीमा चन्दा आतङ्क मच्चाएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले कार्कीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

चन्दा मागेको भन्दै व्यापारीहरूले गुनासो गरेपछि इलाका प्रहरी कार्यलय इटहरीले कार्कीलाई इटहरी–९ गैसारबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

अन्य

भिडियो