INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

खेल्ने क्रममा गाउँ नजिकको पोखरी लगेर भदौ ६ गते बलात्कार गरेको र आफूलाई यौनाङ्गमा दुखेको भनी पीडितले बताएपछि थाहा पाएकी उनकी आमाले भदौ ७ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाले भदौ ८ गते आरोपितलाई गिरफ्तार गरी बलात्कारको उजुरी दर्ता गरेको जनाएको छ । घटनाबारे आरोपितले समेत स्वीकारेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो