INSEC Online

📅 २०८३ जेष्ठ २२

सुरक्षागार्डद्वारा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

नेपाल पत्रकार महासङ्घ दाङका कार्य समिति सदस्य तथा गणतन्त्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नविन नेपालीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा गार्ड ४५ वर्षीय बीरबहादुर चौधरीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ दाङले घटनाको भत्र्सना गरेको छ ।

महासङ्घका सचिव भुपेन्द्रप्रकाश ओलीले भदौ ६ गते विज्ञप्ति निकालेर समाचार सङ्कलनका क्रममा चौधरीले अस्पतालको भिडियो तथा फोटोहरू खिच्न नपाइने भन्दै क्यामेरा खोस्ने कार्य गरेको भन्दै नागरिकलाई सूसुचित गर्ने काममा अवरोध नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन ।

सार्वजनिक सेवा र चासोका विषयमा समाचार सङ्कलन गर्ने र नागरिकलाई सूसुचित गर्ने कार्यमा भएको अवरोधले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा ठेस पुग्ने भन्दै घटना नदोहोर्‍याउन माग गरिएको छ ।

यसैबीच प्रेस सङ्गठन नेपाल दाङले पनि विज्ञप्ति निकालेर पत्रकार नेपालीमाथि भएको दुर्व्यवहारको भत्र्सना गरेको छ ।

पत्रकारमाथि दुव्र्यवहार गर्ने गार्डमाथि कारबाहीको माग गरिएको छ । पत्रकार नेपाली राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरूले सामूहिक राजिनामा दिएपछि समाचार सङ्कलन गर्न भदौ ६ गते प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालमा पुगेका थिए । उनले आफूमाथि दुर्व्यवहार भएको विषयमा कतै पनि उजुरी दिएका छैनन् ।

अन्य

भिडियो