INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित राजविराज नपा-११ फर्सेठका २५ वर्षीय तेजनारायण यादवलाई सप्तरी प्रहरीले साउन २९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा यादवलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

पीडितले जेठ २२ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेपछि उच्च अदालत जनकपुर, राजविराज इजलाशले असार १२ गते परमादेश जारी गरेको थियो ।

अदालतको परमादेशको एक महिनापछि साउन १३ गते जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणीको उजुरी दर्ता गरी सोही दिन पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको थियो ।

आरोपितलाई पीडित बालिकाका आफन्तले नियन्त्रणमा लिएर जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा बुझाएकोमा गाउँघरमा छलफल गरी आपसमा विवाह गराउन भन्दै जेठ २३ गते प्रहरीले जमानतमा छाडेको पीडित पक्षको आरोप छ । आरोपित रुपनी गाउँपालिका-२ पौवास्थित जेसीज आधारभूत विद्यालयका राहत शिक्षक हुन् ।

अन्य

भिडियो