INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका राप्ती ब्युरो सदस्य पुनः गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो सदस्य गङ्गादेव गाउँपालिका–३ का ४८ वर्षीय लालबहादुर वली ‘विश्व’लाई प्रहरीले साउन २७ गते पुनः गिरफ्तार गरेको छ ।

 

सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालत प्युठानबाट रिहा भएका ओलीलाई अदालत परिसरबाट प्रहरीले पुनः गिरफ्तार गरी अर्घाखाँची पुर्‍याएको वलीका परिवारले जनाएका छन् ।

 

प्रहरीले गैरन्यायिक तरिकाले थुनामा राखेको भन्दै उनका छोरा विनोद वलीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन २६ गते रिहा गर्न आदेश दिएको थियो ।

 

सर्वाेच्चकै आदेशमा साउन १० गते जिल्ला अदातल रोल्पाबाट रिहा लगत्तै तेस्रो पटक गिरफ्तार परेका वलीलाई प्युठान लगिएको थियो ।

 

वलीले विभिन्न जिल्लाका हिरासतमा १ सय भन्दा धेरै दिन बिताइसकेको उनका छोरा विनोदले बताए । वलीविरूद्ध सङ्गठित अपराध र राज्यविरूद्धको अपराधमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो