१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुध्द्धोधन गाउँपालिका-१ का २० वर्षीय अजय कठरिया थारुलाई साउन २६ गते शुध्द्धोधनबाटै गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले साउन २५ गते बलात्कार गरेको भनी पीडित पक्षले साउन २६ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण साउन २६ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।