१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–२ का २० वर्षीय फुरलाम्पा शेर्पालाई प्रहरीले साउन २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७५ फागुन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले २४ गते उजुरी दिएपछि फरार रहेका आरोपितलाई इलाम जिल्लाको इलाम बजार क्षेत्रबाट साउन २५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तेर्हथुमका डिएसपी टेकबहादुर कार्कीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गत फागुन २४ गते गरिएको थियो ।