६५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा बराम्ची गाविस-२ विश्वकर्मा टोलका ६० वर्षीय सुनबहादुर विकलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक १४ गते आरोपित विकले बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय जलबिरेमा उजुरी गरेकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा कात्तिक १५ गते गरिएको प्रहरीले जनाएको छ ।