INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला वर्दघाट नपा–३ घर भई हाल भरतपुर महानगरपालिका बस्ने ५० वर्षीय दुर्गा केसीलाई साउन २२ गते गिरफ्तार गरेको छ ।

पीडित बलिकालाई आरोपितले ०७५ पुसदेखि पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध साउन २१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको छ ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २२ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो