४४ वर्षीया महिलालाई साउन १३ गते बालत्कार गरेको अरोपमा दिपायल सिलगडी नपा–४ दिपालयका ३० वर्षीय मधु भन्ने प्रकाश माझीलाई साउन २० गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलाका आफन्तले साउन २० गते प्रहरीलाई घटनाका बारेमा जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका सई देवबहादुर कुँवरले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल डोटीमा साउन २१ गते भयो ।