INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माडी नगरपालिका-९ का २७ वर्षीय सागर परियार र २५ वर्षीय सुमन परियारलाई साउन २१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाको साथमा रहेकी १३ वर्षीया बालिकालाई समेत आरोपितहरूले साउन १८ गते राति यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितद्वयविरूद्ध साउन २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपित दुवैलाई गिरफ्तार गरिएको उक्त कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।

पीडित महिला र बालिकाको स्वास्थ्य परीक्षण साउन २१ गते २१ भरतपुर अस्पतालमा गरिएको प्रहरीले बतायो ।

अन्य

भिडियो