INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित बालक गिरफ्तार लगत्तै रिहा

१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १० वर्ष ८ महिनाका एक बालक गिरफ्तार भएलगत्तै साउन १४ गते जिल्ला अदालतको आदेशमा संरक्षकको जिम्मामा छुटेका छन् ।

आरोपितहरू चार जनामध्ये गिरफ्तार एक आरोपित १० वर्ष ८ महिनाको मात्र भएकोले अनुसन्धानका लागि आवश्यक परेका बेला उपस्थित हुने गरी अदालतको आदेशमा साउन १४ गते बुबाको जिम्मामा पठाइएको डिएसपी मकेन्द्रकुमार मिश्रले बताए । अन्य आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।

पीडितकी आमाले १७, १५, १७ र १२ वर्षीय बालकहरूले सामूहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा असार २४ गते दिएको उजुरी र पीडितको बयानपछि असार २५ गते उजुरी दर्ता भएको थियो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन गरिएको थियो ।

जङ्गलमा गाईबस्तु चराउन गएका बेला असार १८ गते आरोपितहरूले बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

अन्य

भिडियो