१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बाबुलाई साउन १२ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय बुटवलमामा साउन ११ गते उजुरी दिएकी छन् ।
उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।