INSEC Online

📅 २०८३ जेष्ठ २१

बम विष्फोटमा संलग्न भएको आरोपमा प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई काठमडौँको गोङगबुबाट गिरफ्तार गरेको छ ।

प्रहरीले साउन १० गते भोजपुरको षडानन्द–९ घर भएका ३३ वर्षीय दोर्जे भनिने दोर्ची शेर्पालाई गिरफ्तार गरेको हो । उनी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका युवा सङ्गठन सदस्य हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले शेर्पालाई गोङ्गबुबाट गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको बताए ।

‘उनले एनसेल कार्यालयमा विष्फोट भएको दिन सुरक्षागार्डलाई पेस्तोल देखाएका थिए ।’– एसएसपी थापाले भने–‘सीसी टीभी फुटेजको आधारमा गिरफ्तार गरेका हौँ ।’

अघिल्लो वर्ष १० फागुनमा भएको विष्फोटमा एक जनाको मृत्यु र ३ जना घाइते भएका थिए ।

अन्य

भिडियो