नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–४ का ३४ वर्षीय पुष्पराज न्यौपानेलाई प्रहरीले साउन ९ गते ठाकुराबाबा नपाको भुरीगाउँबाट गिरफ्तार गरेको छ ।
कैलाली जिल्ला अदालतले रिहा गरेपछि प्रहरीले न्यौपानेलाई पुनः गिरफ्तार गरी गरी बर्दिया प्रहरीलाई जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यलय बर्दियामा न्यौपानेविरूद्ध साउन ९ गते राज्यविरूद्धको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी मदनजित महराले बताए ।