१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला विराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नपा-७ बस्ने २८ वर्षीय राकेशकुमार कनोडियालाई पोखरा मनपा-६ लेकसाइडबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले आठ दिनदेखि लेकसाइडमा रहेको एक होटलमा बन्धक बनाइ बलात्कार गरेको आरोपमा स्थानीयले दिएको सूचनाका आधारमा आरोपितलाई साउन ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनाएको छ ।