INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई साउन ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा सो पार्टीका जिल्ला कमिटी सदस्य तथा युवा लिग फोर्सका जिल्ला अध्यक्ष व्यास नपा–१४ केशवटार बस्ने ३६ वर्षीय नेत्रबहादुर थापा र युवा लिग फोर्सका जिल्ला सचिव भानु नपा–२ का ३० वर्षीय विष्णुकुमार श्रेष्ठ रहेका छन् ।

थापालाई व्यास नपा–२ स्थित गणेशमान चोकबाट र थापालाई सोही नपाको वडा नम्बर ३ स्थित मालपोत लाईनबाट दिउँसो १२ बजे गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

उनीहरूको साथबाट पर्चा, पम्प्लेट र पार्टीका अन्य कागजपत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो