INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी इन्चार्ज सानोभेरी गाउँपालिका-२ रुकुमका ४२ वर्षीय कमानसिंह नकाल क्षेत्री र म्याग्दी जिल्ला सेक्रेटरी बागलुङ नपा-३ का ४८ वर्षीय बाबुलाल शाक्यलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ ।

दुवैजनालाई प्रहरीले बेनी नपा-३ बाट गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

जिल्लाका विभिन्न पाँच स्थानमा एनसेल टावरमा गरिएको आगजनीमा संलग्नताको आरोपमा गिरफ्तार गरिएकाहरूको साथबाट मोटरसाइकल, तीन थान मोबाइल तथा अन्य कागजपत्रहरू बरामद गरेको मरासिनीले बताए ।

अन्य

भिडियो