INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका उपत्यका इन्चार्ज लामा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।

लामालाई प्रहरीले साउन ४ गते काठमाडौँको काँडाघारीबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले लामाविरूद्ध एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी ललितपुरको नख्खुमा एनसेल कार्यालय परिसरमा बम विष्फोट गराएको अभियोग लगाएको छ । लामाविरूद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिने प्रहरीको भनाई छ ।

यसका साथै उनीविरूद्ध प्रहरीले काठमाडौँका अन्य स्थानमा भएका बम विष्फोटमा संलग्न रहेको आरोपमा अनुसन्धान जारी रहेको जनायो । लामालाई महानगरीय प्रहरी परिसर, टेकुमा राखिएको छ ।

अन्य

भिडियो