मन्थली नगरपालिका-६ सुनारपानीकी ३० वर्षीया राधा बुढाथोकी खत्रीलाई ३३ वर्षीय पति लेखबहादुर केसीले असार ३० गते कुटपिट गरेको आरोपमा पीडित पक्षले असार ३१ गते प्रहरीमा उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले असार ३० गते राति घरायसी विवादकै क्रममा मरणासन्न हुने गरी कुटपिट गरी सडकमा फालिदिएको भन्दै पीडितका माइती पक्षले आरोपित विरूद्ध असार ३१ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएको हो ।

उक्त उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शेख अदालतले बताए ।
राति १० बजेतिर कुटपिट गरी सडममा फालिएकी पीडित महिलालाई गाउँलेहरूले तत्कालै उद्दार गरी उपचारको लागि मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा ल्याई उपचारको लागि भर्ना गरिएको र उनको उपचार भइरहेको प्रहरीले जनायो ।
कुटपिटबाट घाइते भएकी पीडित महिलाको घाँटी र मेरूदण्डमा समस्या देखिएको अस्पतालले जनाएको छ ।