INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

जिल्ला अदालतले धरौटीमा रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रामग्राम नपा–१० का ६२ वर्षीय कमालुदिन मुसलमानलाई प्रहरीले असार २९ गते अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।

जिल्ला अदालतले आरोपितलाई ४० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिए लगत्तै प्रहरीले अदालत परिसरबाट गिरफ्तार गरेको हो ।

प्रहरीले आरोपितलाई सङ्गठित तथा आगजनी मुद्दाको आरोपमा असार २६ गते गिरफ्तार गरेको थियो ।

यसैगरी उक्त पार्टी निकट अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई जिल्ला अदालतले असार २९ गते ४० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएकोमा धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा रहेकी छन् । प्रहरीले भण्डारीलाई असार २५ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो