नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य धादिङ निलकण्ठ नगरपालिका-६ का जिवन्त भन्ने ५९ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको छ ।
कार्कीलाई विदुर नगरपालिका-२ महामण्डलमा रहेको एनसेलको टावरमा ०७५ फागुन १० गते गरिएको आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।
एनसेलको टावरमा आगजनी गरी ३२ लाख ५५ हजार १ सय ४४ रुपियाँ बराबरको क्षति पुर्याएको आरोपमा कार्कीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।
आगजनीको आरोपमा गिरफ्तार भएका कार्कीलाई असार २५ गते नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।